जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
school `

पाेखरा ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जोखिम देखिएका सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले जानकारी दिए।

‘बैठकमा कोरोनाको संक्रमणका विषयमा तहगत रुपमा छलफल भएको छ,’ उनले भने, ‘संक्रमणको जोखिम देखिएका सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने र त्यो बीचमा अनलाइन विधिबाट पठन पाठन गराउने वा के गर्ने भन्ने विषयमा प्रस्ताव आएको छ।’

सीसीएमसीले विभिन्न विषयमा सिफारिस गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले निर्णय गरे मात्रै ती कार्यान्वयनमा आउने बताए।

शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो।

स्वास्थ्य मन्त्रालयले अतिजोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न विभिन्न सुरक्षाका उपाय अपनाउने विषयमा बैठकमा छलफल भएको सीसीएमसीका प्रवक्ता एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।

नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको हो।

जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि ठोस निर्णय भने मन्त्रिपरिषद्को बैठकले गर्नेछ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width