पोखरा । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । शाहीका पक्षमा २२ र विपक्षमा १६ मत परेको थियो ।
मुख्यमन्त्रीलाई सत्तारूढ दल माओवादी, नेपाली कांग्रेस र एमालेका सांसद नन्दसिंह बुढा, प्रकाश ज्वाला, अम्मरबहादुर शाही र कर्मराज शाहीले विश्वासको मत दिएका हुन् । फ्लोर क्रस गर्ने सबै एमालेको माधवकुमार समूहका नेता हुन् ।
३९ सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १२, कांग्रेसका ६, एमालेमा सभामुख राजबहादुर शाहीसहित २० र राप्रपाका १ जना सांसद छन् । मतदान प्रक्रियामा ३७ सांसद सहभागी भएका थिए ।
प्रदेश सभाको सबै भन्दा ठूलो दल एमालेले चैत ५ गतेबाट सरकारलाई दिएको समर्थन मुख्यमन्त्रीको पद धरापमा परेको थियो । एमालेले समर्थन फिर्ता लिएको २९ दिनपछि शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिएरका हुन् । विश्वासको मत पाएसँगै शाही नेतृत्वकै सरकारले निरन्तरता पाएको छ । यसअघि प्रतिपक्षमा रहेको कांग्रेस अब सरकारमा सहभागी हुने सम्भावना छ । प्रदेशसभाको अर्को बैठक १० गते बस्ने भएको छ ।
कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठकले ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । शनिबार साँझ बसेको संसदीय दलको आकस्मिक बैठकले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको सांसद दल रावलले जानकारी दिए ।
‘बैठकले फ्लोर क्रस गर्ने ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने र कारबाहीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ’ रावलले भने, ‘स्पष्टीकरणका आधारमा कस्तो खालको कारबाही गर्ने भन्ने विषय पार्टीले टुंग्याउँछ ।’
सांसदहरुलाई दलको विधान अनुसार २४ घन्टे स्पष्टीकरण सोधिएको तर कारबाहीको प्रकृति भने पार्टीको केन्द्रीय कमिटीले निर्णय लिने उनको भनाइ छ । स्पष्टीकरण सोधिएका चार जना सांसदले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
यी ४ सांसदले विश्वासको मत नदिएको भए कर्णालीमा शाही नेतृत्वको सरकार ढल्ने निश्चित थियो भने एमालेले मुख्यमन्त्रीको उम्मेदवारका रुपमा यामलाल कँडेललाई अघि सारिसकेको थियो ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१