पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
170795326_191569075907130_799985501922641712_n

पोखरा, २८ चैत । पाल्पाली समाज पोखराले वर्ष–२०७८ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

पोखरामा शनिबार आयोजित समारोहमा क्यालेन्डर विमोचन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले पोखराको विकासमा सम्पर्क समाजहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले पाल्पाली समाजका सदस्यलाई अप्ठेरो परेकोमा बेला आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

समाजका अध्यक्ष रेशम रचक थापा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजका प्रथम उपाध्यक्ष बालचन्द्र परियार र सञ्चालन महासचिव केशव नेपालले गरेका थिए ।

समाजमा द्वितीय उपाध्यक्ष श्रीधर पराजुलीको संयोजकत्वमा क्यालेन्डर प्रकाशन गरिएको हो ।

सो अवसरमा समाजले विभिन्न कार्यक्रममा सहयोग गर्ने व्यक्तिलाई मायाको चिनो प्रदान गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width