लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ । त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिनपछि भूपू गोर्खा सैनिक सङ्गठन तथा एनआरएनए गोरखा विभागले प्रधानमन्त्री ओलीलाई पनि संयुक्त ज्ञापनपत्र पठाएका हुन् । विभिन्न गोर्खा सङ्गठनका प्रतिनिधिहरुको उपस्थितिमा बुधबार बिहान लन्डनस्थित नेपाली दूतावासमा उक्त ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा भूतपूर्व गोरखा सैनिकहरूको संस्था गेसोका कार्यवाहक सभापति धर्म तामाङले बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको तर भूतपूर्व गोर्खा सैनिकहरुप्रति विभेद कायमै रहेकाले गेसोले तीन दशकभन्दा लामो समयदेखि आन्दोलन चलाइरहेको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सेवानिवृत्त गोर्खा सैनिकको विषय नेपाल सरकारको प्राथमिकताको विषय हो भन्दै आफू बेलायतमा राजदूत भएर आउनासाथ यो विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१