पोखरा । नेपाल पत्रकार महासंघको आसन्न २६ औं महाधिवेशनको लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्षका लागि विपुल पोखरेल, निर्मला शर्मा, रामप्रसाद दाहाल, गजेन्द्र बुढाथोकीले मनोनयन दर्ता गराएका छन् ।
नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत संगठनतर्फबाट पोखरेलको उम्मेदवारी परेको हो । पोखरेल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन् । प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहतर्फबाट शर्माको उम्मेदवारी परेको हो । पोखराकी शर्मा सञ्चारिका समूह नेपाल पूर्व अध्यक्ष हुन् । उनलाई प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थन छ । महासंघको इतिहासमा पहिलो पटक नेतृत्वका लागि महिलाको उम्मेदवारी परेको हो । दाहाल र बुढाथोकीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् ।
पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।
खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक छन् ।
यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा धु्रव लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले उम्मेदवारी दिए ।
उता, प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहतर्फबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवधेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलातर्फ रामकृष्ण ज्ञवाली, सचिव महिलामा नीमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसिएटमा रामेश्वर कार्की कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।
केन्द्रीय सचिवमा रामकृष्ण ज्ञवालीको मनोनयन महासंघको पदाधिकारीतर्फ गण्डकीबाट एकमात्र हो । महासंघमा हाल केन्द्रीय सदस्य उनी पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । सोही प्यानलबाट केन्द्रीय सदस्यमा गण्डकीबाट रामजीप्रसाद लम्साल (कास्की) र भीमलाल श्रेष्ठ (गोरखा) को उम्मेदवारी परेको छ ।
उता, अध्यक्षका उम्मेदवार पोखरेल प्यानलबाट केन्द्रीय सदस्यमा गण्डकीको प्रतिनिधित्व गर्दै त्रिभुवन पौडेल (कास्की), नवराज सुवेदी (कास्की), प्रदीप काफ्ले (तनहुँ) र नारायण शर्मा (नवलपुर) ले उम्मेदवारी दिएका छन् । गण्डकीबाट २ केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान छ । केन्द्रीय सदस्यमा कास्कीकी सरिता तिमिल्सिना पंगेनीले (महिला÷खसआर्यतर्फ) र पर्वतका छविलाल तिवारी (खुलातर्फ) ले मनोनयन दिएका छन् । महासंघको निर्वाचन चैत २५ मा हुँदैछ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१