लेखनाथ पत्रकार मञ्चमा कविराज

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
lekhnath patrakar

लेखनाथ । लेखनाथ पत्रकार मञ्च अध्यक्षमा कविराज खनाल सर्वसम्मत चयन भएका छन् ।

मञ्चको शनिबार तेस्रो वार्षिक साधारण सभा एवं दोश्रो अधिवेशनले खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्च उपाध्यक्षमा सुमन जिसी, सचिव विष्णुहरि पौडेल, कोषाध्यक्षमा राजन परियार, सहसचिव सचिन रानाभाट छन् ।

सदस्यमा रामशरण नेपाली, ऋषिराम रानाभाट, महेन्द्र ढुंगाना, ज्योति हमाल, कृष्णप्रसाद लामिछाने, विशाल विक, सुचित परियार र सञ्जय आचार्य रहेका छन् ।
यस्तै, परशुराम आचार्यको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाले संस्था जन्माउनुमात्र ठूलो कुरा नभई निरन्तरता दिनु ठूलो कुरा भएको बताए ।
नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले पेसागत हकहितका लागि सम्पूर्ण पत्रकार एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार माधव बराल, हरि बास्तोला, रामजीप्रसाद लम्साल, परशुराम अचार्य, स्मीता अधिकारी, शिवराज वस्ताकोटी, रामशरण नेपाली लगायतले पत्रकारको हकहित पक्षमा बोलेका थिए ।

मञ्चका अध्यक्ष भीमपाणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विष्णुहरि पौडेलले सचिवको र कोषाध्यक्ष सन्दीप पौडेलले आर्थिक प्रतिवदेन पेस गरेका थिए । कार्यक्रम सञ्चालन सचिव पौडेल र धन्यवाद ज्ञापन उपाध्यक्ष कविराज खनालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width