नगद तथा खाद्यान्न सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७७
dalit sahayog

पोखरा । दलित महिला संघ कास्कीले अशक्त, असहाय र गरिबलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।

पोखरा ७ तिनकुने घारीपाटन निवासी कुमारी विकलाई संघले चामल २५ केजी, दाल २ केजी, चिनी २ केजी, नुन २ केजी, सोयाबिन ५ सय ग्राम, चियापत्ति २ सय ग्राम, चना १ केजी, चीउरा १ केजी र साबुन १ दर्जन उपलब्ध गराएको हो । यस्तै सिन्धुपाल्चोक मेलम्ची घरभई हाल पोखरामा बस्दै आएकी क्यान्सर पीडित कमला विसंख्यलाई ५ हजार ५० प्रदान गरिएको संघका उपाध्यक्ष उमादेवी रोकाहाले जानकारी दिइन् ।

उपाध्यक्ष रोकाहाले संस्थासँग आर्थिक सहयोग वितरण गर्ने कार्यक्रम नभए पनि संस्थामा आबद्ध कर्मचारी तथा पदाधिकारीले रकम संकलन गरी सहयोग गरिएको स्पष्ट पारिन् ।

संस्थाले पोखरामा दलित महिला जनप्रतिनिधि, दलित महिला अगुवा कार्यकर्ता, युवा नेतृको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width