घरेलु उद्योग महासंघ कास्कीमा बलराम

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७७
gharelu (2)

पोखरा । नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्की शाखाको अध्यक्षमा बलराम गौतम निर्वाचित भएका छन् । शाखाको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भानु भण्डारी क्षितिज, उपाध्यक्षमा भरतमणि पाठक, महासचिवमा पुष्पराज पौडेल र कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भए ।

१३ सदस्यीय कार्यसमितिका सदस्यमा चूडामणि बराल, रुक्मागत भण्डारी, लक्ष्मी केसी, भोलानाथ पोखरेल, जनकराज सुवेदी, शम्भुनाथ योगी, डुनाराम न्यौपाने र कुवेर राई छन् । महिला उद्यमी समितिमा अध्यक्ष बृन्दा सुवेदी, वरिष्ठ उपाध्यक्ष वसन्त केसी, उपाध्यक्ष सुन्ती पुर्जा, महासचिव नीरु पराजुली र कोषाध्यक्ष शान्ता पौडेल चयन भए । सदस्यमा सुष्मामाया पाण्डे, कल्पना तिमिल्सिना, ज्योति अधिकारी र मधु पुरी चयन भए ।

अधिवेशनको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले उद्घाटन गरेका थिए । त्यस अवसरमा गिरीले राज्यले साना उद्योगहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले राजनीतिक पार्टीका नाममा हुने चन्दा आतंकले नेपाली उद्योगहरु धरासायी भएको बताए ।
कार्यक्रममा उद्योग महासंघका गण्डकी प्रदेश हरिहर थापा, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, शाखाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य माधवप्रसाद पराजुली, महिला उद्यमी चीनु गुरुङ र प्रदेश संयोजक मीना पराजुलीले मन्तव्य राखेका थिए ।

वरिष्ठ उपाध्यक्ष सुवास सिग्देलले स्वागत गरेको कार्यक्रम सहसचिव पुष्प पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भानु भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width