पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ ।
प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीकी ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएको हो ।
मर्निङ ग्लोरी एकेडेमी स्कुलका सुशान तिवारी, स्मृति अधिकारी, रचित सापकोट र आयुषा गिरीको समूह द्वितीय भयो ।
यस्तै, कास्की मोडनाइज्ड एकेडेमीका विज्ञान गुरुङ, सेरोन गुरुङ, सोहन सुवेदी र कृष्टिना सापकोटाको समूह तृतीय भयो भने अञ्जुली बोर्डिङका मिनष पुन, प्रमिस अधिकारी, प्रेजन अधिकारी र सन्तोषी ढकाल सान्त्वना भए ।
विजयी समूहलाई पोखरा महानगरपालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेल, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, द्वितीय उपाध्यक्ष केशवशरण पौडेल, कार्यक्रम संयोजक राजु कायस्थ सदस्य सञ्जय पौडेलले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता २ दिनसम्म चलेको थियो ।
नेशनल प्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१