पोखरा । सानी छोरीलाई अस्पतालमा छाडेर पुनः श्रम स्वीकृत लिन सहिदचोक पुगेका थिए, स्याङ्जा बयरघारीका धनबहादुर बस्याल । छिट्टै आफ्नो काम सकेर छोरीको स्वास्थ्य जाँच गरौंला भनेर श्रम कार्यालयको लाइनमा थिए उनी । मंगलबार बिहानै खाजा खाएर घरबाट पोखरा हिँडेका बस्याल ११ बजेतिर पोखरा झरे । उनलाई पोखरा आउनै ४ घन्टा लाग्यो । पोखरा झर्ने बित्तिकै बित्तिक्कै बिरामी छोरीलाई ठूली छोरीको जिम्मा लगाएर उनी श्रम कार्यालय छिरे ।
छोरीहरुलाई छिट्टै फर्कने भनी हिँडेका उनी ३ बजेसम्म पालो नआएर हैरान थिए । पोखरा आँउदा चियानास्ता वाहेक १ हजार रुपैयाँभन्दा बढी खर्च हुने पनि उनी सुनाउँदै थिए । पोखरा नै बस्नुप¥यो भने अझै खर्च बढ्ने अनि घरको काम पनि मर्ने उनी बताउँदै थिए ।
बस्याल नजिकै रहेका बागलुङ उपल्लाचौरबाट आएका अनिल कार्की पनि नेपालको सिस्टम भनेको यस्तै हो भन्दै भुनभुनाउँदै थिए । उनी पनि बिहानै बागलुङबाट आए पनि १ बजेमात्रै श्रम कार्यालय पोखरा छिरेका थिए । आएदेखि लाइन बसेपनि ३ बजेसम्म काम नसकिएको उनको गुनासो थियो । श्रम गर्न १ पटक पोखरा आउँदा ३ हजार बढी खर्च लाग्ने उनको भनाइ थियो । ‘घरमा मकै छर्ने काम छोडेर श्रम गर्न पोखरा आएको हो,’ उनले भने, ‘समय र पैसाको बर्बाद मात्र हुने, सरकारको नियम पनि मान्नै प¥यो ।’
विदेश जानका लागि पुनः श्रम स्वीकृत लिन पोखरा आउने सबैको यस्तै समस्या छ । तर उनीहरु अनलाइनबाट पुनः श्रम स्वीकृत लिन सकिन्छ भन्ने विषयमा जानकार छैन । सोही कामका लागि स्याङ्जाबाट पोखरा आएका रेशम मानन्धर यो बारेमा थाहा भए पनि हुन्छ कि हुँदैन् भनेर दोधार भएकै कारण साथीको मोटरसाइकल लिएर पोखरा आएको बताउँछन् । ‘अनलाइनबाट हुन्छ भन्ने त थाहा थियो तर हुन्छ कि हँुदैन निधो भएन,’ उनले भने, ‘यदि हुन्छ भन्ने पक्का भए वालिङबाटै गर्ने थिएँ, पोखरा आउँदा जाँदा पैसा र समय खर्च मात्रै हुने ।’ उनीहरु तिनै जना अनलाइनबाट पुनः श्रम स्वीकृत हुने भए समय र पैसाको बचत हुने बताउँछन् । थाहा नभएकै कारण दुख पाए ।
श्रम तथा वैदेशिक रोजगार विभागले सेवाग्राहीको सुविधाका लागि माघ महिनादेखि अनलाइनबाटै पुनः श्रम स्वीकृत सेवा सुरु गरेको छ । नयाँ सुविधा भएका कारण कतिपयलाई थाहा नभएर र कतिले चलाउन नजानेर कार्यालयमै धाउने गरेको र दुख पाएको श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख ईश्वरीदत्त पनेरुले बताए । श्रम कार्यालयले आफ्नो सेवालाई भौतिक उपस्थित कम गर्न र कागजरहित सेवा दिनका लागि अनलाइन सेवा सुरु गरिएको उनको भनाइ थियो । ‘कतिपयले थाहा नै पाएका छैनन्, थाहा पाउनेले पनि हुन्छ कि हँुदैन भनेर दोधार परेर गरेका छैनन्,’ उनले भने, ‘सेवाग्राहीमा आत्मविश्वासमा कमी हुँदा पनि दुख पाइरहेका छन् ।’
सेवाग्राहीले अनलाइन पुनः श्रम स्वीकृतको बारेमा बुझ्नसके समयको बचत, पैसाको बचत हुनुका साथै आर्थिक चलखेल हुनबाट जोगिने प्रमुख पनेरुको भनाइ छ । विदेशमै बसेर पनि अनलाइनबाटै पुनः श्रम स्वीकृत गर्न सकिने भएकाले यसका लागि मात्र नेपाल आउन नपर्ने उनले बताए । अनलाइनबाट यो काम गरे कार्यालयमा सेवाग्राहीको भिड नलाग्ने र जनशक्ति अरु ठाउँमा लगाउन सकिने उनको भनाइ छ ।
श्रम तथा रोजगार कार्यालयमा वायोमेट्रिक रेकर्ड भएका सेवाग्राहीले अनलाइनबाट पुनः श्रम गर्न सकिने श्रम कार्यालय पोखराका सूचना अधिकारी दीपक रेग्मीले जानकारी दिए । कार्यालयको वेबसाइटमा गएर सेवाग्राही आफैले सजिलैसँग श्रम गर्न सक्ने उनको भनाइ छ । जसका लागि मिति ननाघेको भिसा, पुरानो श्रम स्वीकृति, पासपोर्ट बिमा र राजस्वको प्रतिलिपी, बैंकको एकाउन्ट आवश्यक पर्ने उनले बताए । ‘नेपालबाट उडेको र पुगेको छाप, पासपोर्टको वायोमेट्रिक पेज र अन्तिम पेज फर्म भर्नका लागि चाहिने चिज हुन,’ उनले भने, ‘नयाँ कम्पनी परिवर्तन गरेको भए एग्रिमेन्ट लेटरको स्क्यान कपी आवश्यक पर्छ ।’
वायोमेट्रिक रेकर्ड नभए वैदेशिक रोजगार विभाग अन्र्तगतको रोजगार सूचना व्यवस्थापन प्रणालीमा गएर रेकर्ड गराउन सकिने उनले बताए । अनलाइनमा भर्दा फोन नम्बर इमेल सही भर्नुपर्नेछ । कार्यालयको वेबसाइटमा गएर सबै प्रक्रिया अनुसार भर्दै गएपछि मोबाइलमा म्यासेज र इमेल जानेछ । ‘लगभग ५ घन्टापछि मोबाइलमा कन्फर्म भएको म्यासेज आउँछ,’ उनले भने, ‘भए पनि म्यासेज आउँछ, नभए पनि यहाँनेर बिग्रियो भनेर म्यासेज आउने हुँदा सच्याउन पनि कुनै समस्या छैन ।’ मोबाइलमा आएको म्यासेज नै एयरपोर्टमा देखाए हुनेछ । उमेर अनुसारको बिमा रकम र वैदेशिक रोजगार कोषमा बुझाउनुपर्ने १ हजार ५ सय पनि इसेवा वा बैंक मार्फत् तिर्न सकिने उनले बताए ।
पुनः श्रम स्वीकृत लिन बढ्दै
श्रम तथा रोजगार कार्यालय पोखरामा कोरोनापछि पुनः श्रम स्वीकृत गर्नेको संख्या दिनानुदिन बढेको छ । कोरोनाको त्रास घट्दै गएपछि वैदेशिक रोजगारबाट फर्केकाहरु पुनः काममा फर्कने संख्या बढ्न थालेको श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख ईश्वरीदत्त पनेरुले बताए । ‘पहिला दिनमा १० पनि आउने थिएनन्, आजभोलि दैनिक ५० भन्दा बढी आउन थालेका छन्,’ उनले भने, ‘केहीले अनलाइनबाटै पुनः श्रम पनि सुरु गरिसकेका छन् ।’ पछिल्लो महिना कार्यालयमै आएर पुनः श्रम स्वीकृतले बढेका हुन् । पुस महिनामा ४ सय १६ जना, माघमा ६ सय ८४ जना र फागुनको १७ गतेसम्म ४ सय ८७ जनाले श्रम स्वीकृत लिईसकेको पनेरुले जानकारी दिए । यो संख्या गत वर्षको तुलनामा निकै कम हो । गतवर्ष पुस महिनामा १ हजार ७ सय ६२, माघमा १ हजार ७ सय ४४ र फागुन महिनामा २ हजार २ सय ४० जनाले पुनः श्रम स्वीकृत लिएका थिए ।
पहिलो श्रम स्वीकृत काठमाडौंबाट लिएकाहरुको सहजताको पुनः लिनेहरुले पोखरा कार्यालयबाट लिन सक्नेछन् । पोखरा कार्यालयबाट साउदी, कतार, दुवै, मलेसिया, बहराइन र ओमनमा काम गर्न जानेहरुले श्रम स्वीकृत लिने गरेको उनी बताउँछन् । थोरै मात्रामा जापान, युरोपका देशमा काम गर्न जानेहरुले पनि श्रम स्वीकृत लिएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१