पोखरा । क्यानडा लैजाने लोभ देखाएर युवाहरुलाई ठगेको आरोपमा पक्राउ परेका १ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको छ ।
क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा माघ १२ गते पक्राउ परेका थिए छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धानपछि अदालतमा मुद्दा दायर भएकामा थुनामा पठाउने आदेश सोमबार भएको हो ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विश्वकर्मालाई कारागार पठाउन आदेश दिएको हो । ‘फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को अवस्था देखिँदा प्रमाण बुझ्दै जाँदा ठहरेबमाजिम हुने गरी हाललाई कानुन बमोजिम सिधा खान पाउने गरी कारागार पठाइदिनू,’ भनी आदेश गरिएको छ ।
धिरजलाई सघाउने दीपक भनिने भोजबहादुर कार्कीसँग अदालतले १८ लाख रुपैयाँ धरौटी मागेको छ । कार्कीले धिरजबाट रकम लिएको स्वीकारेकाले पछि ठहरेबमोजिम हुनेगरी धरौटी माग गरिएको हो । धरौटी रकम बुझाउन नसकेपछि उनी पनि जेल चलान भएका छन् ।
आफू लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायत देशहरुमा धेरै मानिस रोजगारका लागि पठाइसकेको बताउँदै उनले ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जनालाई क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने नियतले निजहरुबाट रकम समेत उठाएको भन्ने जाहेरीको आधारमा विश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाश हमालले जानकारी दिए ।
पर्वतको मोदी गाउँपालिका–७ घर भएका उनी पोखरा महानगरपालिका ३०, शिसुवा बस्दै आएका थिए । पैसा लिएका युवाहरुलाई विश्वस्त पार्न धीरजले विभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेक समेत दिएको पाइएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१