मोरङमा शिक्षक हत्या आरोपित विप्लव कार्यकर्ता पक्राउ

आदर्श समाज सम्वाददाता
माघ ८, २०७७
biplab arrest

पाेखरा । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको प्रतिवन्धित नेकपाका मोरङ इन्चार्ज धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको बुढीगंगा गाउँपालिका–४ बाट बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो। संखुवासभाको मादी नगरपालिका–४ स्थायी ठेगाना भएका ३२ वर्षिय डिवि सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

विप्लव समूहका कार्यकर्ताद्वारा मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले विकलाई पक्राउ गरेको डिएसपी राईले बताए।

उनका अनुसार पक्राउ गरिएका विकको शरीर खानतलासी गर्दा सेमी अटोमेटिक पेस्तोल १ थान, म्याग्जिनमा लोड अवस्थामा केएफ ७।६५ लेखिएको ३ राउण्ड गोली, विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद गरिएको छ ।

अनुसन्धानका क्रममा विक मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षिय राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न देखिएको डिएसपी राईले बताए। शिक्षक श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरी हत्या भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width