वालिङ । वालिङका दलित महिलाहरुले सामूहिकरुपमा आलु खेतीको सुरुआत गरेका छन् । वालिङ ९ का दलित महिलाहरुले सामूहिकरुपमा वडा १० बामलेटारमा आलु खेती थालेका हुन् ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती गरिएको हो ।
चालीस दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताइन् ।
“नगरपालिकाले आलुको बिउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निःशुल्क उपलब्ध गराएको छ” अध्यक्ष विश्वकर्माले भनिन्, “समूहमार्फत हामीले श्रममात्रै गरे पुग्छ ।”
महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत ब्यवसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताइन् ।
कोभिड–१९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताइन् । उत्पादन भएको आलु समूहले आफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार ब्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताइन् । बचत रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग गर्नेछन् ।
समूहले पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्वीन्टल बिउ लगाउने भएको हो । आलु प्राविधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा नगरपालिकाका ३ क्षेत्रमा सामूहिक आलु खेती गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् । “समूहमार्फत काम गर्दा एकापसमा सीपको आदान प्रदानका साथै सहजता हुने भएकाले समूहमार्फत गरिने खेती प्रणालीलाई जोड दिएका हौं” अध्यक्ष तिवारीले भनिन्, “सामूहिक खेतीले आम्दानीमा बृद्धि र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने ठानेका छौं ।”
यसका अलावा परियोजनाअन्तर्गत वालिङ १४ को पनियारेमा १५ रोपनीमा १० क्वीन्टल र वालिङ ६ मा १० रोपनीमा ८ क्वीन्टल आलु लगाइने भएको हो ।
नगरपालिकाले समूहमार्फत गरिने खेती प्रणालीलाई प्राथमिकता दिँदै उत्पादकत्व वृद्धिमा जोड दिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक कृषि प्रणालीलाई अंगिकार गर्दै अगाडि बढ्नुहोस्” नगर प्रमुख खाँणले भने, “उत्पादित कृषि तथा पशुजन्य बस्तुहरुको व्यावसायीकरण, आवश्यक यन्त्र उपकरण, औजारहरुका साथै बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने छ ।”
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख खाँणले बताए ।
Related News
सम्बन्धित समाचार
डाइनामिक पब्लिक लाइब्रेरी गण्डकी अध्यक्षमा वसन्त गिरी
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहयोग
माछापुच्छ्रे का विद्यालयमा नेलम्बोको सहयोग
जनप्रिय माविले मनायो ५२ औं वार्षिकोत्सव
केशवराज रेग्मी प्रतिष्ठानद्वारा सम्मान
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७