भैंसीले हान्दा दाङमा महिलाको मृत्यु

रासस
कार्तिक १२, २०७७
home-5094603_1280 (1)

दाङ, कात्तिक १२: दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width