पोखरा । गैह्रकानूनी रुपमा बहुमूल्य खयरका काठ ओसारपसार गरेको अभियोगमा स्याङ्जा प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुधबार बिहान गल्याङ ३, भञ्ज्याङमा प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरी टोलीले निवुवाखर्कबाट गुठीतर्फ जाँदै गरेको लु ४ त १५२० नम्बरको ट्याक्टर चेकजाँच गर्नेक्रममा आठ गोलाईका २ सय ४५ थान खयरका काठ बरामद गरेको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा ट्याक्टर चालक गल्याङ २ का २५ वर्षीय दिलीप रानालाई नियन्त्रणमा लिई सवडिभिजन वन कार्यालय गल्याङमा बुझाएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७