मुसहर र सुकुम्बासी बस्तीमा सहयोग

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७७
mushahar

पोखरा । बुद्धिष्ट कम्युनिटी लण्डन शाखाकी आमा समूह अध्यक्ष अन्तिम गुरुङको पहलमा नवलपुरको मुसहर नयाँ बस्तीका ६५ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । दसँै आगमनको पूर्वसन्ध्यामा कावासोती १३, मुसहर बस्तीमा राहत सहयोग वितरण गरिएको हो।

युकेका ४३ जना सहयोगीहरुले १ लाख ६० हजार रुपैयाँ संकलन गरी सो बराबरको चामल, दाल, तेल, नुन राहत वितरण गरिएको हो।

राहत वितरणका प्रमुख अतिथि कावासोती १३ का वडाध्यक्ष विनोद रानामगरले विदेशीभूमिबाट राहत संकलन गरी मुसहर बस्तीमा राहत पठाएकोमा सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे। मुसहर बस्तीमा भोकमरीको अवस्थामा राहत सामग्री पाउँदा आफूहरु अत्यन्त खुसी भएको कावासोती १३ का वडा सदस्य एवम् नगरपालिका सदस्य कलिया मुसहरको भनाइ थियो।

राहत वितरणका संयोजक बुद्धदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक रुद्रबहादुर गुरुङले दुःख समस्या परेको बेलामा सहयोग गर्नु मानव धर्म भएको बताए । उनले बुद्धिष्ट कम्युनिटी सेन्टर लण्डनकी आमा समूह अध्यक्ष अन्तिम गुरुङ, अन्य सहयोगीहरु, पोखरा निवासी तमु धिं नेपालका उपाध्यक्ष तथा कास्की आवाजका सम्पादक हुमबहादुर तमुप्रति आभार समेत प्रकट गरे ।

यसैबीच, काठमाडौं सुकुम्बासी बस्तीमा पनि समाजसेवी अन्तिम गुरुङको विशेष पहलमा दसँै राहत सहयोग वितरण गरिएको छ ।

रिम्पोछे मुन्सेल गुरुको विशेष व्यवस्थापन सहयोगमा १ लाख ७० हजार बराबरको चामल, दाल, तेल, नुन वितरण गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…

hero news full width