पोखरा । पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागको अध्यक्ष पदमा उक्त विभागका सह–प्राध्यापक ठानबहादुर क्षेत्रीलाई मनोनयन गरिएको छ ।
क्याम्पसले विभागका ज्येष्ठ सदस्यहरुमध्येबाट उक्त अध्यक्ष पदमा मनोनयन गर्ने विगतको परम्परालाई कायम राख्दै आगामी ३ वर्षको लागि क्षेत्रीलाई सो पदमा मनोनयन गरेको थियो ।
मंगलबार विभागमा आयोजित पदस्थापन कार्यक्रममा क्षेत्रीले आगामी दिनमा विभागलाई अझ बढी सशक्त बनाउँदै लैजाने प्रण गरे । उनले विभागले अन्य विभाग र संस्थासगँको समन्वय गर्दै विभागीय जर्नलको नियमित प्रकाशन गर्ने, सेमेष्टर कोर्षहरुका सम्बन्धमा प्राध्यापकहरुलाई तालिम, गोष्ठी अभिमुखिकरण कार्यक्रम संचालन गर्ने तथा विभाग मातहत रहेका दुईवटा अक्षयकोषहरुलाई उचित व्यवस्थापन गर्ने आफ्नो कार्ययोजना रहेको बताए ।
विभागका निवर्तमान अध्यक्ष प्राडा उमानाथ बरालको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रम प्रमुख अतिथिको रुपमा स्नातकोत्तर कार्यक्रमका सहायक क्याम्पस प्रमुख सह–प्राध्यपक उपेन्द्र पौडेलले यस विभागका गतिविधि उत्कृष्ट रहेको अवस्थामा आगामी दिनमा निरन्तरता पाउने अपेक्षा व्यक्त गरे ।
प्राडा उमानाथ बरालले आफ्नो साढे छ वर्षे कार्यकालमा विभागका सबै सदस्यहरुले गरेको सहयोग नै विभाग आजको अवस्थामा आईपुगेको बताए ।
स्वागत मन्तव्य उक्त विभागका सदस्य सहप्राध्यापक लालबहादुर कुँवरले गरेका थिए भने संचालन उप–प्राध्यापक भीमनाथ बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१