पोखरा । तमु धिं नेपालले वार्षिक साधारणसभा तथा अधिवेशनको तिथि तय गरेको छ । गुरुङहरुको अग्रणी संस्था तमु धिंको असोज १६ मा ३६ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन हुने भएको हो ।
संस्था अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभाको मिति तय गर्नुका साथै विविध निर्णयहरु गरेको हो।
अधिवेशन सम्पन्न गर्नका लागि सल्लाहकार वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। सदस्यमा सल्लाहकार अम्बर तमु, डा. दीर्घमान तमु, कर्णेल रामकाजी तमु, अधिवक्ता अनिता तमु रहेका छन् ।
विधान संशोधनका लागि सचिव अधिवक्ता जूनाकुमारी तमु, द्वितीय उपाध्यक्ष हुमबहादुर तमु, महासचिव गिरीप्रसाद तमु, सहसचिव दुर्गाबहादुर तमु र सांस्कृतिक सहसंयोजक कृष्णकुमार तमु रहेको समिति गठन गरिएको छ।
स्थापना दिवसमा गरिँदै आएको सम्मान, पुरस्कार र छात्रवृत्ति वितरण साधारणसभाकै दिन गरिने निर्णय समेत बैठकले गरेको छ । यसपालि १२ जनालाई विभिन्न शीर्षकका सम्मान, पुरस्कार र छात्रवृति वितरण गरिनेछ।
उता, कोरोना संक्रमणका कारण साउन अन्तिम मंगलवार परेको ट्हाेंटे पर्व बृहत्रुपमा नमनाउने निर्णय तमु धिं ले गरेको छ। सीमिति संख्यामा सर्तकता अपनाएर तमु धिं र समाजमा पर्व मनाउने भएको छ।
यसैबीच, कोरोना महामारी कारण समस्यामा परेको भन्दै तमु कलाकार संघ, जिफान, तमु संचारकर्मी संघ, हिमाली सांस्कृतिक परिवार लगायतले राहत सहयोग अनुरोधका गरेकाले तमु कलाकार संघ गण्डकी २१ हजार, तमु संचारकर्मी संघ केन्द्रिय समिति २० हजार, जिफान २५ हजार र हिमाली साँस्कृतिक परिवारलाई २५हजार सहयोग हस्तान्तरण गरिएको थियो।
यस्तै, पेन्सन प्राप्त गरिरहेका भूपूसैनिक, प्रहरी लगायतलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताबाट कटौती गर्ने निर्णयको तमु धिं नेपालले आपत्ति जनाएको छ । विदेशभुमिमा सेवा गरेका भूपू सैनिक, प्रहरीलाई ज्येष्ठ नागरिक, अपांग, एकल महिला, दलित लगायतका सामाजिक सुरक्षाबाट वञ्चित गर्दै गैरनागरिक बनाउने अपमानजन्य निर्णय सरकारले नसच्याए तमु धिं लगायत सम्पुर्ण तमु समाजहरु दबाबमा उत्रने जनाइएको छ ।
यसैबीच, तमु धिं नेपालको कार्यबाहक अध्यक्ष भई ८ महिना नेतृत्व गरेको भन्दै द्वितीय उपाध्यक्ष हुमबहादुर तमुलाई अध्यक्ष कर्म तमुले सम्मान गरिन् ।
कार्यक्रममा तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र तमु र तमु विद्यार्थी समितिका संयोजक जीवन तमुले मन्तव्य राखेका थिए । तमु धिंमा करिब ८ सय आजीवन सदस्य छन्।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१