कोरोना सार्ने जक्सन बनेको छ क्वारेन्टीनः साझा पार्टी

आदर्श समाज सम्वाददाता
असार ८, २०७७
photo (2)

पोखरा । साझा पार्टीले स्वास्थ्य प्रोटोकल र सामाजिक दूरीको पालना गर्दै पोखरा महानगर भित्रका क्वारेन्टीन स्थलको अनुगमन गरेको छ ।

साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, जिल्ला संयोजक अर्जुनप्रसाद खनाल र कास्की जिल्ला सदस्य अशोक खड्का लगायतको एक टोलीले हालै महानगर भित्रका क्वारेन्टीन व्यवस्थापन र क्वारेन्टीनमा बसेका व्यक्तिहरूको अवस्थाबारे बुझ्न अनुगमन गरेको हो । अनुगमन टोलीले क्वारेन्टिनमा स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेवक र कोठा संख्या बढाउनुपर्ने निस्कर्ष निकालेको छ ।

टोलीले मालेपाटनस्थित बाराही स्कुलमा रहेको क्वारेन्टीन, बागवानीस्थित क्वारेन्टीन लगायतको अनुगमन गरेको सो अनुगमन कार्यक्रमका संयोजक अशोक खड्काले जानकारी दिए । उनले महानगरभित्रका क्वारेन्टीनको अवस्था अस्तव्यस्त भएको जानकारी दिएका छन् । ‘कोरोना बाट बच्न जति सामाजिक दुरी कायम गरिनु पर्ने हो त्यो देखिएन, एउटै कोठामा धेरैलाई राखिएको पाइयो ।’

खाना पनि क्वालिटिको नभएको पाइएको छ । टोलीका अर्का सदस्य सुशील केसी अधिकारीले भनिन् क्वारेन्टीनमा बस्नेहरूलाई मनोवैज्ञानिक दबाब रहन्छ तर त्यसको लागि मनोपरामर्शको कुनै किसिमको पहल भएको पाइएन ।क्वारेन्टीनमा सेनिटाइजर र मास्क पर्याप्त मात्रामा नभएको पाइएको छ । अनुमगमनमा सहभागी अर्जुनप्रसाद खनाल भने– ‘कोरोना निको हुने भन्दा पनि कोरोना सार्ने जक्सन बनेको छ क्वारेन्टीन।’कोरोनाको नियन्त्रणको लागि सरकार गम्भीर भएर लाग्नु पर्ने साझा पार्टीले माग रहेको छ । क्वारेन्टिन सुरक्षित, व्यवस्थित, हाइजेनिक हुनुपर्नेमा पार्टीले जोड दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width