पोखरामा शुक्रबार पनि वर्षा हुने

एजेन्सी
जेठ १६, २०७७
pic_1580138881

काठमाडौं, १६ जेठ । नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने बताइन् । ‘पश्चिम भूभागमा चाहिँ आज दिनभरी आकास खुल्ने सम्भावना छैन ।’त्यसैले बाढी सूचना केन्द्रले पनि पश्चिमका जिल्लाहरुका नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सूचित गरेको छ । केन्द्रका अनुसार वर्षाका कारण हाल कास्की, गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । थप वर्षा पनि हुन सक्ने र ससाना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पूर्वी भूभागमा निम्न चापीय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा भएको हो । मौसमविद गंगा नगरकोटीका अनुसार अहिले मध्य भूभागको तराई र पूर्वी भूभागको तराई क्षेत्रका जिल्लामा मौसम सफा छ । तर, पूर्वी भूभागको पहाडी जिल्लाहरुमा भने बादल लागेको छ ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width