कोहलपुर, १५ जेठ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६–३ र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञामा जिल्लामा अत्यावश्यक सेवा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने तथा निर्माणमा प्रयोग हुने ढुवानी सञ्चालनमा रोक लगाइएको छैन । यस्तै खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषि तथा कृषि पशुपक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सेवा जिल्लाभरि सञ्चालन नगर्न / नगराउन अनुरोध गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१