कास्कीको मादीका २२ वर्षीय युवकको हत्या, पाेखरामा शव गाडिएको अवस्थामा प्रहरीद्वारा उत्खनन्

विनिता सुनार
जेठ ६, २०७७
crime scene tape of  mysterious case in cenematic tone with copy space

पोखरामा अर्को एक जना युवकलाई गाडिएकै अवस्थामा प्रहरीले उनको शव फेला पारेको छ । केही दिनअघि मात्र पोखरा–१४ मा समेत एक युवकको प्रहरीले उत्खनन् गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ ५ बजेतिर पोखरा–२७, अर्घौमा एक युवकको शव प्रहरीले गाडिएको अवस्थामा बाहिर निकालेको हो । उक्त शव कास्कीको मादी गाउँपालिका घर भै हाल पोखरा–२७, सुन्दरीबजार बस्ने वर्ष २२ का सुरेश बिकको रहेको खुलेको छ ।

गत शनिबार राति ९ बजे घरबाट साथीको जान्छु भनी हिडेका बिक नफर्केपछि घरपरिवारले खोजीनीति सुरु गरेको थियो । उनको शव अर्घौको सिर्जना बहिरा स्कुल नजिकै माछापोखरीको डिलमा गाडिएकोअवस्थामा फेला परेको डाँडाकोनाक प्रहरी चौकीले जानकारी दियो । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जना युवकलाई पक्राउ गरिसकेको जनाइएको छ ।

मंगलबार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्की र डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको टोलीले ती युवकको शव उत्खनन् गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

उनको हत्या के कति कारणले भयो भन्नेबारे अनुसन्धान सुरु भएको अधिकारीले बताए ।

शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरामा लगिएको छ ।

जेठ ३ मा पोखरा १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव प्रहरीले भेटाएको थियो । आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर रानाभाटको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । परियारले १ महिनाअघि रानाभाटलाई घनले हानेर हत्या गरी उनकै घर पछाडि बारीको डिलमा शव गाडेका थिए ।

updated : 8:28 PM, Tuesday

Related News

सम्बन्धित समाचार

hero news full width