लोपोन्मुख तामे सालक मृतावस्थामा

रासस
जेठ ६, २०७७
salak

Representative Image

गोरखाको पालुङटार नगरपालिका–१० को मिरकोटमा मृतावस्थामा सालक भेटिएको छ।

स्थानीय देउराली सामुदायिक वनमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।

स्थानीयवासीले मृत सालकको खपटा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई जानकारी गराएपछि सालक मृतावस्थामा भेटिएको बारे वन कार्यालयमा जानकारी आएको उनले बताए।

“मृतावस्थामा फेला परेको तामे सालक विश्व संरक्षणको लोपोन्मुख जनावरको सूचीमा पर्छ”, उनले भने, “घटनास्थलमा उपलब्ध भएको करिब १५० ग्राम खपटा सङ्कलन गरी वन कार्यालयमा प्रतिवेदन आएको छ।” सालक कालगतिले मरेको उनले बताए।  “फेला परेको सालक पूरै सडेको र खपटामात्र बाँकी रहेको अवस्था थियो”, उनले भने।

विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने पौड्यालको भनाइ छ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…

hero news full width