कास्की, ३१ वैशाख। कास्कीका उद्योगी व्यवसायीले लकडाउन अवधिमा बैंकको ऋणको किस्ता र ब्याज भुक्तानीमा छुट वा पछि तिर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
जिल्लाअन्तर्गतका निजी क्षेत्रका उद्योगी व्यवसायीले आज पोखरामा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीको अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाले मासिक किस्ता र ब्याज तिर्न ताकेता गर्न थालेको भन्दै कर्जा तिर्ने म्याद कम्तीमा एक वर्ष थप गर्न सरकारसँग माग गरेका हुन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण सिर्जित अहिलेको विषम् अवस्थामा उद्योगी व्यवसायीको बैंक कर्जाको किस्ता तथा ब्याज भुक्तानी गर्ने समयसीमा तथा कर्जाको समयसीमा कम्तीमा एक वर्षका लागि थप गर्न र कर्जा नवीकरण तथा पुर्नकर्जामा सहजीकरण गर्न माग गरेका हुन् ।
त्यसैगरी सार्वजनिक यात्रुबाहक, मालबाहक, पर्यटक तथा औद्योगिक प्रतिष्ठानको लकडाउनको अवधिमा बुझाउनुपर्ने बीमा प्रिमियमलाई छुट गर्ने तथा बीमा प्रिमियम तिर्ने समयावधि थप गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य केशवप्रसाद अधिकारीले अहिलेको समस्या समाधानका लागि सरकारले दीर्घकालीन उपाय अपनाउन माग गर्नुभयो । डेढ महिनाभन्दा लामो अवधिसम्म व्यवसाय ठप्प हुँदा व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले लकडाउनका कारणले व्यवसाय चौपट भएको अवस्थामा सरकारले निजी क्षेत्रलाई राहत पुग्ने कार्यक्रम ल्याउन माग गर्नुभयो।
पोखरा उद्योग वाणिज्य सङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिति कास्की, पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स(नाट्टा) गण्डकी प्रदेश, निर्माण व्यवसायी सङ्घ कास्की, कास्की हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घ, गण्डकी ट्रक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले सरकारसँग सो माग गरेका हुन्। उद्योगी व्यवसायीले आज नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आफ्ना छ बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१