नौ सय बेड क्वारेन्टाइन निर्माणमा गोरखा रेडक्रसको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७
IMG_1981

गोरखा, १४ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसका कारण उत्पन्नपरिस्थितिलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखालेनौसय बेड निर्माणका लागि ओड्ने र ओछ्याउने कम्मल , त्रिपाल हस्तन्तरण गरेको छ ।

जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक २ वटा नगरपालिका र ८ वटा गाउँपालिकाका लागि क्वारेन्टाइन स्थल निर्माणका लागि उपशाखा मार्फत सहयोगगरिएको गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले बताए ।नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट प्राप्त भएको तीन सय थान मास्कउपशाखाहरुलाई प्रदान गरिएको उनको भनाई छ । गोरखा भित्र प्रवेश गर्नेनाका, कारगार लगायतका अत्यावश्क स्थानहरुमा मागका आधारमा टेन्ट हाउस समेतनिर्माण गरिएको छ । जिल्ला शाखा अन्तर्गत रहेका २५ वटा उपशाखा मार्फतपालिकाहरुलाई सहयोग गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width