बालबालिकालाई स्वास्थ्य सामाग्री प्रदान

श्रीभद्र पौडेल
वैशाख २, २०७७
annapurna 1 progrem photo

हेमजा । अन्नपूर्ण गाउँपालिका–१, लेवाडे स्थित फूलवारी मन्टेश्वरीमा हेमजा स्वास्थ्य चौकीले मंगलवार स्वास्थ्य सामग्री वितरण गरेको छ।

कोरोना भाइरसबाट बच्न पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सडक बालबालिकालाई महानगरले हालै उक्त मन्टेश्वरीमा लगि राखेको थियो । तिनै बालबालिकालाई लक्षित गरी महानगरपालिका स्वास्थ्य महाशाखाको निर्देशनमा हेमजा स्वास्थ्य चौकीले बालबालिकाको स्वास्थ्य परीक्षण सहित केही सामग्री हस्तान्तरण गरेको हो।

बालबालिकालाई आवश्यकता हेरी औषधी, पन्जा, सेनिटाइजर र मास्क वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख कुस्मराज सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width