मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङलाई चिनाउने गीत तयार पारिएको छ ।
मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्रलाई समावेस गरेर तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन समेत सकिएको छ ।
सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको ‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ को लोकगीत र ‘यो मुटुको टुक्रा मेरो लोमन्थाङ गाउ’ बोलको आधुनिक गीत गरि दुई वटा गीतहरुको म्युजिक भिडियोको छायांकन हालैमात्र सम्पन्न गरिएको हो ।
दुवै गीतको छायांकन उपल्लो मुस्ताङको सांस्कृतिक महत्व बोकेको लोमन्थाङ दरवार परिसर र बजार, चराङ, मराङ, ढाक्मार, घ्याकर चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्यापमा छायांकन गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले गीत सहितको म्युजिक भिडियोको छायांकन गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले गीत तथा म्युजिक भिडियोको लागि लगानी गरेका छन् ।
लोक गीतमा चर्चित लोक गायक रामजी खांड र गायिका संगीता थापामगरको स्वर रहेको छ । आधुनिक गीतमा नीशा गुरुङले स्वर भरेकी छन् । रमेश बिजीले गीतको शब्द रचना गरेका हुन् । दुवै गीतमा बीबी अनुरागी र सुरेश अधिकारीले संगीत भरेका छन् ।
हालैमात्र छायांकन सकिएको लोक गीतमा गायक गायिका स्वयं रामजी खांड र संगीता थापामगरको फिचर्ड रहेको छ । आधुनिक गीतमा भने नीशा गुरुङको फिचर्ड छ ।
राजेश घिमिरेले म्युजिक भिडियोको छायांकन गरेका हुन् । प्रकाश भट्टले म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी गरेका छन् ।
प्रिजिमा रेकर्डिङ स्टुडियोमा गीतको रेकर्ड गरिएको हो ।
गीतको म्युजिक भिडियोमा मुुस्ताङको सांस्कृतिक महत्व बोकेका धरोहरसँगै अनौठा भूगोल, उक्त क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु, मौलिक तथा पौराणिक कलासंस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरु समावेश गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई नयाँ वर्ष २०२० जनवरी १ तारिकका दिन एक विशेष समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङद्वारा सार्वजनिक गर्ने भिडियो निर्माता एवं गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१