नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितेको छ ।
मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको हो ।
कराँतेमा देशलाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजीले टिमतर्फ पनि स्वर्ण दिलाउन भूमिका खेले । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।
तेक्वान्दोमा भेट्रान खेलाडी आयशा शाक्यले २९ वर्षमाथिको महिला एकल पुम्सेमा स्वर्ण जितेको दुई घन्टापछि मिक्स पुम्सेमा स्वर्ण जितिन् । तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण जिते । एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते ।
कराँतेको ५० केजी कुमुतेमा अनु अधिकारीको प्रदर्शन सानदार रह्यो । उनले सेमिफाइनल र फाइनल दुवैमा नकआउट गरेर खेल जितिन् ।
कराँतेको ८४ केजी तौल माथिको स्पर्धामा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् । आज भएको निकै प्रतिष्पर्धात्मक खेलमा विप्लवले पाकिस्तानका मोहम्मद वाजलाई ६५ को अंकले पराजित गरेका हुन् ।
ट्रायथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् ।
स्वर्ण जित्नेहरु खेलाडीहरुमा तेक्वान्दोको गोविन्द आले पुम्सेको ५८ केजी, कमल श्रेष्ठ पुरुष एकल काता, आयशा शाक्य २९ वर्षमाथिको पुम्से, आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से, पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से, सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से, नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले २३ वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका छन् ।
त्यस्तै, कराँतेमा मन्डेकाजी श्रेष्ठले पुरुष काँता, लक्ष्मण तामाङले ५४ केजी, निर्मला तामाङ, संगिता मगर र सरु काकीले टिम काता, मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जनले टिम काता, विप्लवलाल श्रेष्ठले स्वर्ण ८४ केजी तौलमाथि, कुसुम खड्काले ४५ केजी कुमुते, अनु अधिकारीले ५० केजी कुमुतेमा स्वर्ण जितेका छन् । त्यसैगरि, ट्रायथलनमा सोनिका गुरुङले स्वर्ण पदक जितेकी छन् ।
Related News
सम्बन्धित समाचार
एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध
महिला खेलाडीबाट बढी स्वर्ण
सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण
पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार
अबको १४ औं साग पाकिस्तानमा
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१