फेवा वेगनास चौतारीको वृक्षरोपण

एजेन्सी
श्रावण ५, २०७६
fewa begnas_Fotor

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले शनिवार केदारेश्वर महादेव मन्दिर वरपर वृक्षरोपण गरेको छ । क्लबले केदारेश्वर मन्दिर वरिपरि बेलपत्र, कपुर, पैयु, रातोरानी, पारीजात, कल्की, तेज पत्ता, चाँप, लब्सी सहित विभिन्न जातजातिका ५५ वटा फलफूलका बिरुवा रोपेको हो ।

प्रमुख अतिथि डिष्ट्रिक एड्भाइजर परमेश्वर बरालले वृक्षरोपणपछि नियमित रेखदेखमा पनि जुट्न क्लबलाई आग्रह गरे । कार्यक्रममा डिष्ट्रिक डिपार्टमेन्ट अफिसर सन्तोष घिमिरे, डिष्ट्रिक कमिटि चियर पर्सन जितबहादुर थापा गोपाल, रिजन चियरपर्सन दुर्गाकुमारी आचार्य, जोन ९६ कलष्टर २२ अन्तर्गतका जोन चियरपर्सन शान्ता थापा भण्डारी, लायन्स क्लब अफ सिर्जना चौतारी अध्यक्ष जीवन गोर्खाली, बिरौटा साझा चौतारीका अध्यक्ष सावित्रा पौडेल, युनिटि चौतारीका अध्यक्ष सोमनाथ पौडेल, केदारेश्वर मन्दिरका पीठाधीश डा लेखनाथ आचार्य, पोखरा ६ का वडा सदस्य हरिकृष्ण पहारी, डिष्ट्रिक मेम्बर एवं पोखरा फेवा वेगनास चौतारीका निर्वतमान अध्यक्ष विधान गौतम, बिरौटा साझा चौतारीका प्रथम उपाध्यक्ष रेखादेवी पोख्रेल, युनिटी चौतारीका सचिव रामेश्वर सुवेदीले वृक्षरोपण कार्यक्रमको गरेकोमा खुसी व्यक्त गरे ।

क्लब अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width