पोखरा महानगरपालिका–३, वडा कार्यालयले अटिजम केयर नेपाल सोसाइटीलाई शनिवार फर्निचरका सामग्री हस्तान्तरण गरेको छ।
वडा कार्यालयले करिब ३० हजार मूल्य बराबरको दराज, कुर्ची टेबुल लगायत फर्निचर सामग्री प्रदान गरेको हो।
प्रमुख अतिथि वडाध्यक्ष रवीन्सन प्रजुलगायतले अटिजम केयर नेपाल सोसाइटी कास्कीका अध्यक्ष राजेन्द्रमान उदासलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
प्रजुले वडाभित्र रहेको फरक क्षमता भएका तर समाजमा पछाडि परेका व्यक्तिहरुलाई वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले यस्ता वर्गहरुका लागि प्रदेशमै एउटा विद्यालयको खाँचो रहेको औल्याए। पोखरामा पनि यसप्रकारको विद्यालय संचालनका लागि आफूले महानगरका मेयरसामु प्रस्ताव राख्ने बताए।
अटिजम केयर नेपाल सोसाइटी, पोखरा–८ ले आयोजना गरेको कार्यक्रममा डा लता पराजुली, डा भीष्म लामिछाने, डा धर्म खड्का, सामाजिक अभियन्ता रमेश श्रेष्ठ, विदेशी नागरिक ट्रिस लिन हुइजियन, संस्थाका उपाध्यक्ष होमनाथ शर्मा लगायतलाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष राजेन्द्रमान उदासको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मुकुन्द लम्सालले स्वागत र रमेश लिगलले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१