पोखरा, १ असार । रुपा गाउँपालिका– ५ देउरालीमा शनिवार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । उक्त शिविरबाट ६०५ जना स्थानीयले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि प्राप्त गरेका छन् ।
सिद्धार्थ क्लब पोखरा,सिद्धार्थ हेल्थ केयर प्रा.लि र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा रुपा गाउँपालिका निशुल्क स्वास्थय शिविर संचालनमा ल्याइएको हो । उक्त शिविरको उद्घाटन रुपा गाउापालिका–५ का वडाध्यक्ष टेकबहादुर गुरुङले गरेका हुन । उक्त अवसरमा वोल्दै क्लबले गरेका शैक्षिक तथा स्वास्थ्य लक्षित कार्यक्रमले सामाजिक सेवामा सहयोग पु¥याउने बताए ।
क्लबका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले सामाजिक कार्यमा क्लबले सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । पोखरा सिद्धार्थ हेल्थ केयर का प्रबन्ध निर्देशक मनबहादुर गुरुङ्गले स्वास्थ्यलाई ध्यानमा राखी सामाजिक दायित्व प्रति प्रतिवद्ध रहेको भनाइ व्यक्त गरे ।
शिविरमा वालरोग, स्त्रीरोग, पेट, छाति तथा मुटुरोग, हाडजोर्नी तथा नशारोग, दन्त सेवा, ई.सि.जी., भिडियो एक्स– रे, ल्याब सेवा, आँखा जाँच गरी ६०५ जनाले निःशुल्क स्वास्थ्य तथा औषधि सेवा प्राप्त गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष पार्वती माकाजू र संचालन सचिव प्रमोद नारायण श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१