७० जना अग्रज कम्युनिष्ट योद्धा सम्मानित

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७६
jistha

पोखरा, ५ जेठ । पोखरा– ६ बैदामका ७० जना वृद्धवृद्धालाई सम्मान गरिएको छ । मदन भण्डारी फाउण्डेशन बैदामले मदन भण्डारी र जिवराज आश्रीतको २६ औँ स्मृति दिवसको अवसरमा ७० वर्ष माथिका अग्रज कम्युनिष्ट योद्धाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये ३२ जनालाई मरणेपरान्त सम्मान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले माक्र्सवाद, लेलिनवाद, माओवाद, जनताको बहुदलीय जनवादको सिद्धान्त र बिचार बोक्ने पार्टीले मात्र जनताको जीवनस्तर बृद्धि हुन सक्ने बताए ।

जनताले एमाले र माओवादी एकता चाहेका र दुई तिहाईको मत दिए, अहिले समृद्ध नेपाल बनाउने आधारशीला तयार भएको छ, चुमानले भने –यस्तो अवसर पटक–पटक आउदैन । चुमानले यो अवसरलाई समय सापक्ष जनतामा कार्यान्वयनमा लान आवश्यक रहेको औल्याए ।

चुमानले सम्मानित कम्युनिष्ट योद्वाहरुको योगदानको प्रशंसा गर्दै भने – त्यतिखेर तपाईहरुले पार्टीको लागि योगदान नगरेको भए आज पार्टी यो अवस्थामा नरहन सक्थ्यो, अब राजनीतिक परिवर्तनको लागि होइन आर्थिक समृद्धिको लागि योगदान गर्नुपर्छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारी, नेकपा गण्डकी प्रदेश सदस्य पुण्य प्रसाद पौडेल, वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष माधव बास्तोला, मदन भण्डारी फाउण्डेशन बैदामका सल्लाहाकार मंगल नेपाली लगायतले बोलेका थिए ।

मदन भण्डारी फाउण्डेशन बैदामका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तुलसी दाहालले गरेका थिए भने उपाध्यक्ष भेषराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width