लागुऔषध नियन्त्रण सम्वन्धी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७६
drug_deal_hands_pills_pipe_euro_cash_mini

पोखरा, २७ वैशाख । पोखरा– १७ मा लागुऔषध नियन्त्रण सम्वन्धी सचेतनामुलक अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लागुऔषध जन्य नियन्त्रण महाअभियान समितिद्वारा आयोजित उक्त कार्यक्रममाको उद्घाटन गण्डकी प्रदेश सभा उपसभामुख सृजना शर्माले गरेकी हुन् । शर्माले लागु औषधजन्य पदार्थ सेवनकर्तालाई उचित परामर्श र वातावरण वनाई नियन्त्रण गर्न प्रदेश सरकार सक्रिय हुने भनाई उनको छ । समाजसेवी मनु माया खत्रीले लागु औषधजन्य पदार्थ नियन्त्रणमा सिङ्गो समाज लाग्नु पर्नेमा जोड दिइन् ।

समाजसेवी सुवास ढुङगानाले लागुऔषध प्रयोग कर्ताहरु वडामा धेरै संख्यामा रहेको वताउदै यसलाई रोक्न टोलटोलमा अभियान थाल्नुपर्ने वताए ।कम्युनिटी सपोट गुरुपका प्रतिनिधि दिलिप गुरुङले लागुऔषध प्रयोग कर्ताहरुलाई आफनो संस्थाले परामर्श दिई असल मार्गमा लैजान कदम थालेको बताए ।

महाप्रसाद सुवेदीले समाजमा लागुऔषध प्रयोग कर्ताका अभिभावहरुलाई समेत सचेतना मुलक प्रशिक्षण दिनु पर्ने वताए । कार्यक्रममा समाजसेवी मंगल नेपाली , प्रकाश शर्मा , सान्ता गुरुङले समेत शुभकामना व्यतm गरेका थिए । विद्याधर त्रिपाठी ,दिलिप गुरुङ, शिव न्यौपानेले प्रशिक्षण दिएका थिए । पोखरा १७ का वडा अध्यक्ष तिर्थ राज अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य ज्ञानेन्द्र सुवेदीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width