गलेश्वर, १४ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका किसान मानवमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन ।
यसअघि गाईभैँसी, कुखुरा र भेडाबाख्राका मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानवमूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका हुन् । म्याग्दीमै पहिलोपटक सो गाउँपालिकाका किसानले मानवमूत्रको प्रयोग गरी खेती गर्न थालेका छन् । बजारमा पाइने रासायनिक मलभन्दा मानवमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् ।
अर्मनकी किसान देवकुमारी सापकोटाले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिकस्थलमा पिसाब सङ्कलन गरी बालीमा प्रयोग गर्न थालेको बताए । “घरमै पिसाब सङ्कलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालीमबाट पाएका छौँ”, उनले भनिन् “गाईभैँसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो ।
गाउँपालिकाले प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको छ भने विद्यालय र सार्वजनिक स्थानमा मानवमूत्र सङ्कलनका लागि प्लाष्टिकको ग्यालिन राखेको छ । शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानीय र बटुवालेसमेत जर्किन गर्ने गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
विसं २०७५ मङ्सिरबाट घर–घरमा पिसाब सङ्कलन गरिएको र बोटबिरुवा तथा तरकारीमा प्रयोग गरिएको स्थानीय किसान मनप्रसाद कँडेलले बताए । गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानवमूत्रसम्बन्धी पाँचदिने तालिम दिइसकेको बताए ।
“मानवमूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुनेरहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो”, उनले भने “हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौँ, किसान हौसिएका छन ।”
उनका अनुसार एउटै परिवारका सदस्यको पिसाब सङ्कलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महीनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुआतमा स्थानीयवासीले जर्किन वा ड्रममा पिसाव सङ्कलन गरेका छन । एक लिटर पिसाबमा तीन लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिने उनले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१