पोखरा, ११ चैत। कृष्ति–पोखरा सम्पर्क समाज कास्की र कृष्ति–पोखरा मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड छोरेपाटनले संयुक्त रुपमा सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ।
छोरेपाटनस्थित डेभिजफलमा आयोजित कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए।
प्रमुख जिल्ला अधिकारी चक्रप्रसाद बुढाले पहिलो रक्तदाता पोखरा–२१ कृष्तिका शान्ता थापालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा प्रजिअ बुढाले रक्तदान पुण्य कार्य भएको उल्लेख गरे।
त्यस अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेय, युवा रेडक्रस सोसाइटीका अध्यक्ष डिल्लीराम बराल, छोरेपाटन सुधार समितिका अध्यक्ष चूडामणि बराल, समाजका सल्लाहकार विजयराज आचार्य, सल्लाहकार श्रीराम सुवेदी, कृष्ति पोखरा मिलन सहकारी संस्थाका अध्यक्ष कमलबहादुर रेग्मी, कृषि सञ्जाल पोखरा–२१ का अध्यक्ष उमानाथ सुवेदी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए।
कृष्ति–पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष मीना रानाभाटले स्वागत, सचिव कुलदीप आचार्य र सहसचिव पवित्रमणि भण्डारीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१