टप्सले मनायो २६ औँ अभिभावक दिवस

आदर्श समाज संवाददाता
फागुन १२, २०७५
pops school photo


पोखरा, १२ फागुन । पोखराको टप्स इङ्लिस बोर्डिङ स्कुलको २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित आफ्नो वार्षिकोत्सव मनएको हो । प्याब्सन नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले उक्त कार्यक्रमको उद्घाटन गर्दै ज्ञान, सीप र संस्कार शिक्षाको महत्वपूर्ण आधार भएको बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङले सरकारले निजी विद्यालय सिध्याउने खेल खेलेको तर आफूहरुले त्यसो हुन नदिने बताए । सरकारले सामुदायिक विद्यालयका गुणस्तर वृद्धिगरी निजी विद्यालयको प्रतिस्पर्धामा आउनु पर्ने सुझाव गुरुङले दिए ।

प्याब्सन केन्द्रीय सङ्गठन सचिव आर.बि.कटुवालले शिक्षासँगै बालबालिकालाई संस्कार सिकाउन जरुरी रहेको धारणा व्यक्त गरे । अभिवावक रघुनाथ गुरुङले टप्सले जीवनोपयोगी सीप सिकाएर दक्ष जनशक्ति उत्पादनमा विशेष भूमिका खेल्नु पर्नेमा जोड दिए ।
उक्त अवसरमा शैक्षिक सत्र २०७४ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी छात्र सुमन त्रिपाठी र छात्रा रेश्मा तिवारी सँगै +२ तर्फ उत्कृट नतिजा ल्याउन सफल विज्ञान संकायबाट सङ्गीत तिवारी र व्यवस्थापन संकायबाट दृष्टि गुरुङलाई नगद दस हजारसहित सम्मान गरिएको थियो ।

यस वर्ष एसइइ परीक्षामा सहभागी हुने चालीस जना विद्यार्थीलाई विद्यालयले मायाको चिनो प्रदान गर्दै सफलताको शुभकामना दिएको थियो । कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width