नेरेसो पोखरा–२७ को साधारण सभा

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
rada crass shanman_Fotor

लेखनाथ, २१ पुस । नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ लेखनाथ उपशाखाले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै रेडक्रस कास्की शाखाका निवर्तमान सभापति वामदेव ढुंगानाले रेडक्रसले मानव सेवाका लागि विपत व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने संस्था भएको धारणा राख्दै रेडक्रस अभियानलाई दूरदराजका ग्रामिण क्षेत्रसम्म लैजानुपर्नेमा जोड दिए।

कार्यक्रममा डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँड, लेखनाथ उद्योग वाणिज्य संघ सदस्य जानुका पराजुली, वडा सदस्य शेखरनाथ लामिछाने, राईजिङ स्टार युवा क्लब अध्यक्ष विष्णु गुरुङ, लेखनाथ पत्रकार मञ्च अध्यक्ष भीमपाणि बराल, उपशाखाका निवर्तमान सभापति हिरामणि सुवेदी, सदस्य शिवमोहन अधिकारी, डायमण्ड माविका प्राचार्य यमबहादुर रोक्का लगायतले रेडक्रसको उद्देश्यबारे चर्चा गरेका थिए ।

उपशाखा सभापति खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखा सचिव तिलकशाली सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

यस्तै, स्वागत उपाध्यक्ष राधामोहन पौडेल र धन्यवाद ज्ञापन सदस्य बलराम देवकोटाले गरेका थिए ।

यसैबीच, उपशाखालाई विभिन्न समयमा सहयोग पु¥याउँदैआएकोमा निवर्तमान सभापति हिरामणि सुवेदी, लेखनाथ पत्रकार मञ्च अध्यक्ष समेत रहेका आदर्श समाज दैनिकका वरिष्ठ संवाददाता भीमपाणि बराल, राइजिङ स्टार युवा क्लब अध्यक्ष विष्णु गुरुङ, लायन्स क्लब अफ लेखनाथका प्रथम उपाध्यक्ष बुद्धि बास्तोला र शिक्षक विष्णु तिवारीलाई सम्मान गरिएको थियो ।

सम्मानस्वरुप उनीहरुलाई दोसल्ला ओढाउँदै कदरपत्र प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width