पोखरा, ५ पुस। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) ले संरक्षणमा लैंगिक समानता र सामाजिक समावेशीकरणबारे अन्तक्रिर्या गरेको छ।
विभिन्न जिल्लाका प्रतिनिधि पत्रकारहरुसँग वातावरण संरक्षणबारे भैरहेका गतिविधि र त्यसमा लैंगिक समानताबारे छलफल गरेको हो।
गण्डकी प्रदेशका वनमन्त्री विकास लम्सालले वातावरण संरक्षणमा सबैले जिम्मेवारी लिनुपर्ने बताए। ‘एक्यापमा उठेका विवादबारे उनले निर्धक्क भएर संरक्षणमा लाग्न आग्रह गरे। काम गर्ने कुरामा कन्फ्युजन नहुनुस्। संरक्षणमा कुनै थुनछेक हुँदैन,’ उनले भने, ‘आम्दानी ब्यवस्थापनमा सरकार समन्वय गर्न तयार छ। त्यसका लागि कानुन निर्माण हुँदैछ।’ स्थानीयबाट उठाइएको रकम सोही क्षेत्रमा लगानी गर्न उनको आग्रह छ।
एक्याप प्रमुख राजकुमार गुरुङले एक्याप र स्थानीय सरकारबीच समन्वय नहुँदा समस्या भैरहेको बताए। ‘एक्यापको नियमावलीले पूर्ण अधिकार हामीलाई छ। स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिका र नगरपालिकालाई अधिकार दिएको छ’, उनले भने, ‘अब नियमावली संशोधन गरेर र स्थानीय तहसँग समन्वय गरेरै अघि बढ्छौं।’
‘अहिले उठेको कुराजस्तो स्थानीयलाई अधिकार नभएको होइन। सम्बन्धित क्षेत्रको श्रोत सोही ठाउँमा प्रयोग भैरहेको छ,’ उनी भन्छन्, ‘हामीले श्रोत उपभोग गर्न रोकेका छैनौं । संरक्षणका लागि र ब्यवस्थित उपभोगका लागि समन्वयमात्रै गरेका हौं।’
कार्यक्रममा घान्द्रुककी स्थानीय चीजकुमारी परियार र भुजुङकी जुनकाशी विकले एक्यापले स्थानीय स्तरमा गरेको सहयोगले ल्याएका परिवर्तनबारे जानकारी गराए।
कार्यक्रम सहजीकरण पत्रकार अनिता विन्दुले गरेकी थिइन्। कार्यक्रमका सहभागीहरुले जनताका गुनासो सम्बोधन गर्दै संरक्षणमा लाग्न सुझाव दिए। उनीहरुले श्रोत-साधनलाई व्यावसायिकतासँग जोडेर स्थानीयको आयआर्जनमा सहयोग गर्न सके अहिलेको समस्या विस्तारै सम्बोधन हुँदै जाने बताए।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१