पोखरा, २४ मंसिर । पोखरा वडा २१ का विद्यालयहरुलाई सेनेटरी प्याडयुक्त भएको घोषणा गरिएको छ।
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत वडा कार्यालयको सहयोग तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा आइतबार विद्यालयहरुलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको हो।
वडाका मावि तहका विद्यालयलाई ५० थान सेनेटरी प्याड, हेण्ड वास, टावेल हस्तान्तरण गर्दै वडा अध्यक्ष खगराज आचार्यले सम्पूर्ण विद्यालयमा निःशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्ने प्रतिबद्धता गरे। उनले संवेदनशील विषयमा कसैको ध्यान नपुगेको भन्दै यो विषयलाई सानो नसोच्न र सेनेटरी प्याड व्यवस्था गर्न विद्यालयलाई अनुरोध गरे।
अभियानबारे जानकारी दिँदै अभियन्ता पत्रकार एवं अधिवक्ता सुष्मा पौडेलले सम्पूर्ण विद्यालयमा सफा खानेपानी, शौचालय र सेनेटरी प्याड व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याइन्। साथै यस्ता विषयमा सचेतना जागृत गर्नुपर्ने भन्दै विद्यालय तहमा महिनाबारी, प्याडको प्रयोग र चुनौती विषयमा सहजीकरण गरिन् ।
वडा सदस्य अम्बिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नन्दलाल अधिकारीले स्वागत गरेका थिए।
कार्यक्रममा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष देवी पोख्रेल, प्रअ खिमलाल भण्डारी, नारायणदत्त अधिकारी, प्रावि तहका शिक्षिका लक्ष्मी पोख्रेल लगायतले बोलेका थिए ।
यसअघि पोखरा वडा ५ र १६ का सम्पूर्ण शैक्षिक संस्था सेनेटरी प्याडयुक्त भएको घोषणा गरिएको छ। यस्तै, विभिन्न वडाका क्याम्पस र विद्यालयमा प्याड व्यवस्था गरिएको छ।
छ वर्षअघि थालिएको सो अभियानअन्तर्गत ४ वर्षअघि नेपालमै पहिलो पटक कास्की जिल्लाका एसएलसी परीक्षा सेन्टर प्याडयुक्त घोषणा गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१