पोखरा, २९ कात्तिक । पोखरामा ब्याण्डमिन्टन खेल्दाखेल्दै कोर्टमै एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा-३, नदीपुर बस्ने ६२ वर्षीय झलकमान शाक्य हुन् ।
नदीपुरस्थित शाक्य समाजको कोर्टमा ब्याण्डमिन्टन खेल्नेक्रममा विहीवार बिहान ८ बजे हृदयघातका कारण उनको मृत्यु भएको छिमेकी निर्मल सापकोटाले जानकारी दिए । दुर्इ खेल खेलेर आराम गर्ने क्रममा उनलाई हृदयघात भएको हो ।
शाक्यको विगतमा स्वास्थ्य समस्या देखिएको र चिकित्सकले समेत खेल नखेल्न सुझाव दिँदा दिँदै पनि उनी ब्याण्डमिन्टमा रुचि राख्थे । पहिलेदेखि नै शाक्य उक्त कोर्टमा ब्याडमिन्टनका लागि साथीभाइ बटुलेर निकै रुचिपूर्वक ब्याडमिन्टन खेल्ने गरेको सापकोटा सम्झन्छन् ।
स्वर्गीय शाक्यको विहीवार नै सेतीनदी किनार गाईघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय शाक्यको परिवारमा श्रीमती, १ छोरा, १ छोरी, १ नातिनी छन् ।
कृषि विकास बैंकका पूर्व कर्मचारी शाक्यले विगतमा नदीपुरमै मसला उद्योग चलाउँथे । पछिल्लो समय उनको घरमै करुणा खाद्य उद्योग संचालित छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१