७६ यूनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७५
blood

पोखरा, २८ कात्तिक । लायन्स क्लब अफ पोखरा लामाचौर र सच्चाइको सत्संग पोखरा-१९ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७६ यूनिट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा लामाचौरकी सहसचिव सिर्जना रिजाल कार्कीले जानकारी दिइन् ।

प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ बी १ का पिआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्ञानु लामा, थिरबहादुर थापा, नवीन भण्डारी, उमेशचन्द्र देवकोटा लगायतले रक्तदान कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।

क्लब अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विनोद बिकले गरेका थिए । क्लब प्रथम उपाध्यक्ष ज्ञानु लामा पहिलो रक्तदाता थिए । संकलित ७६ यूनिट रगत क्लब अध्यक्ष सञ्जय लामा र प्रथम उपाध्यक्ष ज्ञानु लामाले संयुक्त रुपमा रक्त सञ्चार केन्द्र पोखराका प्रमुख ध्रवमणि लम्साललाई हस्तान्तरण गरेको जानकारी लायन्स पोखरा लामाचौरकी सहसचिव सिर्जना रिजाल कार्कीले दिइन् ।

यसअघि, लायन्स पोखरा लामाचौर र सच्चाइको सत्संग पोखरा-१९ ले मानव सेवा आश्रममा २० हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width