लेखनाथ, २० कात्तिक। कास्कीको शान्तिसुरक्षा स्थिति र प्रहरी सेवा प्रवाह विषयमा लेखनाथमा नागरिक सुनुवाइ भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा ३० वडा, प्रहरी कार्यालय पावरहाउसको संयोजनमा सो कार्यक्रम भएको हो।
नागरिक सुनुवाइमा स्थानीयले वर्तमान सुरक्षा व्यवस्था र प्रहरीले दिने सुरक्षासम्बन्धी सवाल राखेका थिए। कार्यक्रममा टीकाराम पगेनीले चाडवाड बेला चोरी डकैती, जुवातास, मादक पदार्थ सेवन, महिला हिंसासम्बन्धी सुरक्षाबारे सुरक्षा निकायवाट के कस्तो रणनीति छ भन्ने जिज्ञासा राखेका थिए।
टेकनाथ पन्थीले लागु औषध दुर्व्यसनीबारे सुरक्षा निकायले ध्यान नदिएको गुनासो पोखे।
प्रेमप्रसाद शर्माले शान्तिसुरक्षाको अवस्था अचेल ब्रि्रदै गएको भन्दै विद्यमान नीति नियम कार्यान्वयन गरिनुपर्ने धारणा राखेका थिए।
उनीहरुको सवालमा इलाका प्रहरी कार्यालय डाँडाको नाकका डिएसपी मोहनबहादुर खाँडले जवाफ दिएका थिए।
पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य मीना नेपाली, शिवजी लामिछाने, मीनबहादुर केसी, प्रेम लिगल, मेघराज पौडेल, अर्जुन मल्ल, झमबहादुर पुन, चिरञ्जीवी तिवारी लगायतले केन्द्रमा मात्र सुरक्षा नभई जिल्लाको सीमा क्षेत्रमा पनि आवश्यक सुरक्षाको पहल जरुरी रहेको बताए।
कार्यक्रममा डिएसपी खाँडले चाडबाडमा चौबीसै घण्टा सुरक्षा गस्ती गरिएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएकोले सुरक्षा सवालमा ढुक्क रहन आग्रह गरे।
घटना भएको सूचना पाउने बित्तिकै आधा घण्टामा प्रहरी घटनास्थल पुग्ने प्रतिबद्धता गर्दै उनले सुरक्षा सवालमा नागरिक पनि स्वयं चनाखो हुनुपर्ने सुझाए।
कार्यक्रम सञ्चालन वडा प्रहरी कार्यालय पावरहाउसका इञ्चार्ज सुशील घिमिरेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१