थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७५
third eye

पोखरा, २१ भदौ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरामा ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ सम्पन्न भएको छ।

चिप्लेढुंगामा रहेको थर्ड आई एजुकेसनले आयोजना गरेको सो फेयरमा अष्ट्रेलियाका १५ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले अष्ट्रलियामा उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीलाई काउसिलिङ गरेको संस्थाका प्रबन्ध निर्देशक प्रकाश गैरेले जानकारी दिए।

अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुबारे बुझ्न करिब ४ सय विद्यार्थीको सहभागिता भएको गैरेले जानकारी दिए।

फेयरमा बैंकिङ पार्टनर एनआइसी एसिया बैंक रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width