बाँझापाटनमा भिआइए परीक्षण शिविर

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७५
Bajapatan tole bikas

पोखरा, २६ साउन। पोखरा-१३, बाँझापाटनमा शनिवार पाठेघरको मुखसम्बन्धी क्यान्सर (भिआइए) परीक्षण शिविर सम्पन्न भएको छ।

बाँझापाटन ‘क’ टोल विकास संस्थाको आयोजना तथा परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा शिविर गरिएको हो।

शिविरबाट १ सय ८ जना लाभान्वित भएको टोल विकास संस्थाका सचिव मेनकुमार गुरुङ ‘कालु’ ले जानकारी दिए।

शिविरमा डा गीता जोशी, अनुषा भुजेल, अञ्जना भण्डारी, अस्मिता अधिकारी र सुरज चौधरीको टोलीले उपचार सेवामा सहयोग पुर्‍याएको थियो।

शिविर उद्घाटन गर्दै वडाध्यक्ष लेखबहादुर तामाङले सबैको पहुँचमा उपचार सेवा पुर्‍याउनु पर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नीरञ्जन श्रेष्ठ र सदस्य अर्जुन सिग्देलले बोलेका थिए।

बाँझापाटन ‘क’ टोल विकास संस्थाकी अध्यक्ष सूर्यलक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नौबहादुर गुरुङले स्वागत र सचिव मेनकुमार गुरुङ ‘कालु’ ले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width