खैरेनीटार, १३ जेठ । नेपाल आदिवासी जनजाति महासंघ, शुक्लागण्डकी नगर समन्वय समितिको दोस्रो अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा बिमल जिसी भुजेललाई निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा तुलसीकुमारी श्रेष्ठ, सचिवमा सुमन आले, सहसचिवमा सोत्रबबहादुर कुमाल, कोषाध्यक्षमा खेम गुरुङ, सदस्यमा दीलमाया कुमाल, कर्णाया गुरुङ, पदमबहादुर भुजेल, मानकुमार तिमला, पूर्णबबहादुर आले, सुरेन्द्र तामाङ, दोकबहादुर तामाङ र दीपक ज्वारचन निर्वाचित भएका छन् ।
प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङले आदिवासी जनजातिले आफ्नो पहिचानका साथ एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल, शुक्लागण्डकी नगरपालिका वडा ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, वडा ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठ, बसुन्धरा र्घर्ती, दुर्गाकुमार श्रेष्ठ, सुजित हिराचन, इन्द्रबहादुर थापा, खड्गसिं थापा, खेमराज खनाल, जयबहादुर थापा, उमाकान्त श्रेष्ठ, माधव भट्टराई, दिलबहादुर श्रेष्ठ, रामकुमारी गुरुङ लगायत बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१