पोखरा, १२ जेठ । पोखरामा जारी बृहत् सफाइ अभियान शनिबार ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएको छ ।
१०४ हप्ताको अभियानमा झण्डै १५ टन फोहरमैला संकलन गरिएको अभियन्ता शोभा श्रेष्ठले बताइन् ।
यसैबीच, सफाइ अभियानका संयोजक रामबहादुर पौडेले पोखरा लेखनाथ महानगरका कामु प्रमुख मञ्जुदेवी गुरुङलाई नेपालकै राष्ट्रिय सम्पदा फेवातालको संरक्षण, उचित व्यवस्थापन र नियमित सरसफाइसँगै सौर्न्दर्यता प्रबर्द्धन गर्ने कार्यलाई विशेष प्राथमिकतामा राख्नेछु ।
समग्र पोखराका सार्वजनकि स्थलमा फोहरमैला बिसर्जन गर्ने प्रवृत्तिलाई कडा दण्ड सजायको व्यवस्था गरी निरुत्साहित गर्नेछु ।
फिके-बुलौंदीखोला हुँदै फेवातालमा मिसिने फोहरमैला रोकथाम गर्न गाईघाटस्थित चेकड्यामको अविलम्ब सुधार गर्नेछु । उक्त चेकड्यामको आवश्यक स्तरोन्नतिका लागि तत्कालै कार्ययोजना बनाइ वर्षायामको अन्त्यसँगै निर्माण कार्य थाल्नेछु भन्ने व्यहोराको प्रतिबद्धता वाचन गार्रर्इ हस्ताक्षर गराएका थिए ।
कार्यक्रममा गुरुङले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएकी थिइन् ।
यसपालिको सफाइ अभियानमा तीनवटै सुरक्षा निकाय, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अध्यागमन कार्यालय, मदरल्याण्ड मावि, फिस्टेल एकेडेमी, हिमाञ्चल बोर्र्डिङ, अभियान क्लब महिला समूह, माछापुच्छे्र महिला क्लब, मितेरी नारी समूह, खहरे आमा समूह, ड्यामसाइड टोल विकास संस्था, सिर्द्धार्थ राजमार्ग टोल विकास संस्था, पुल्चोक टोल विकास संस्था, राष्ट्रबैंक टोल विकास संस्था, ड्यामसाइड क्लब, अन्नपूर्ण आमा समूह, धौलागिरी गोर्खा टे्रनिङ सेन्टर, घारीपाटन आमा समूह, विश्वनाथ काका फिल्म यूनिट र नेपाल पर्यटन बोर्डले ऐक्यबद्धता जनाएको ड्यामसाइड क्लबका महासचिव कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिए ।
यसअघि, प्रदेश ४ प्रहरी गण कार्यालयका गणपति प्रहरी उपरीक्षक लालमणि आचार्यले ड्यामसाइडस्थित फिकेखोलाको अन्तिम विन्दु चेकड्याम क्षेत्रको सरसफाइका लागि आवश्यक सामग्री उपलब्ध भएमा नियमित सरसफाइका लागि प्रतिबद्ध हुने बताएका थिए ।
सफाइ अभियानका लागि नेपाल पर्यटन बोर्डका तर्फबाट २५ थान डोको र १५ प्याकेट डिस्पोजल ग्लोब सहयोग प्राप्त भएको थियो भने ड्यामसाइड क्लबले पिउनेपानीको व्यवस्था मिलाएको थियो ।
कार्यक्रममा ड्यामसाइड टोल विकास संस्थाकी अध्यक्ष शिवमाया श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन् । १०५ हप्ताको सफाइ अभियान वेगनास तालमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१