१. जननेता बीपी कोइरालाको जन्म शताब्दी वर्षको क्रममा देशभर गोष्ठी सम्मेलनहरू आयोजना गरिएका छन्। भरखरै काठमाडौंमा उनका महत्त्वपूर्ण्ा एवं दुर्लभ फोटो प्रदर्शनी पनि गरियो। उनको साहित्यिक पक्षलाई पनि उजागर गर्ने काम भएको छ। तर उनको आर्थिक चिन्तनका बारे जे जति विचार विमर्श हुनुपर्ने हो, त्यो भएको छैन।
२. बीपी कोइराला आर्थिक चिन्तक पनि हुन्। देशलाई कसरी विकासको बाटोमा लग्ने भन्ने प्रष्ट दृष्टिकोण उनमा थियो। उनी साम्यवादी आर्थिक नीतिका विरोधी थिए भने पूँजीवादी विचारको अन्धानुकरण पनि गर्न चाहँदैनथे। उनी सन्तुलित आर्थिक विकासको पक्षमा थिए र समाजवादी विचार धाराका पक्षपोषक थिए।
३. नेपाली काङ्ग्रेसले २०१२ सालमा समाजवादी नीतिलाई अख्तियार गरेको थियो। त्यसैबेलादेखि उनलाई प्रजातान्त्रिक समाजवादका उद्घोषक भन्न थालिएको थियो। उनले त्यो नीति आफू सत्ताबाहिर रहँदा मात्र होइन, सत्तामा छँदा पनि ग्रहण गरेका थिए र तदानुसार कदम चालेका थिए।
४. उनी प्रधानमन्त्री भएको बेला उनले विर्ता प्रथाको उन्मूलन गरे। राजा रजौटाहरूलाई ऐन बनाएर हटाए। भूमि सुधार कार्यक्रम ल्याए। उद्योग धन्दाको विकासका लागि एन.आइ.डी.सी. स्थापना गरे। योजना आयोगलाई व्यवस्थित बनाए। योजना वास्तविकतामा आधारित होस् भनी उनले योजना आयोगमा गोरु जोतेको हलीको तस्विर राख्न भने।
५. उनले पश्चिमाहरूले तैयार गरेका ठूल्ठूला मेसिन ल्याएर मात्र उद्योग धन्दाको विकास गर्ने होइन, हाम्रो परम्परागत सीप र इलमलाई पनि आधुनिकीकरण गर्दै लानुपर्दछ भन्थे। उनले कतिपय ठाउँमा स्थापित ढलौटका करुवा उद्योगमा मोटर जडान गरी उत्पादन बढाउन प्रोत्साहित गरेका थिए।
६. उनी सामाजिक न्यायमा बढी ख्याल राख्दथे। उनी तल्लो र उपेक्षित वर्गको उत्थान र विकासमा राज्यले बढी हेर्र्नुपर्दछ र प्रोत्साहित गर्नुपर्दछ भन्थे। उनले त्यसैबेला धनमानसिंह परियारलाई आफनो पार्टीको महामन्त्री बनाएका थिए भने २०१५ सालको मन्त्रिमण्डलमा द्वारिका देवी ठकुरानीलाई पहिलो पटक सम्मिलित गरेका थिए।
७. उनको आर्थिक चिन्तन अहिले पनि उत्तिकै प्रास·कि छ। तर त्यसलाई खास गरेर नेपाली काङ्ग्रेसले पनि ख्याल गरेको देखिएन। अहिले मिश्रति अर्थतन्त्र भन्दै अर्थतन्त्र कुन दिशातिर गइरहेको छ, त्यो प्रष्ट छैन। प्रष्ट रूपमा भन्ने हो भने कुनै पनि पार्टीको प्रष्ट आर्थिक नीति छैन। नेपाली काङ्ग्रेसको आलोचना गर्दै उसैको पछि लाग्नु ती पार्टीको नीति भएको छ। यसलाई सच्याउनुपर्दछ र कुनै अप्ठ्यारो नमानी बीपीको अर्थ नीतिको अनुशरण गर्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१