१. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अपरान्ह नेपालको विषयमा संविधान सभालाई गरेको विशेष सम्बोधन भाषण यहाँ चर्चाको विषय भएको छ। नेपाली भाषाबाट सुरु गरिएको उनको सम्बोधन भाषणलाई हाम्रा सभासद्हरुले यत्ति मन पराए कि उनीहरुले धेरै पटक ताली बजाएर त्यसको प्रशंसा गरे।
२. उनले आफ्नो सम्बोधन भाषणमा धेरै विषय उठाए। उनले नेपालमा संविधान बन्दा त्यसले विश्वलाई एउटा सन्देश दिनेछ भन्दै अस्त्रको परित्यागबाट पनि जीवन बदल्न सकिने विश्वास जन्मिने धारणा राखे। उनले जोड दिदै भने कि अब युद्ध, तीर होइन, युद्ध छाडेर बुद्धतीरको प्रयोग गर्ने बेला आएको छ।
३. उनले बुद्धले विचारको प्रकाश दिए जस्तै नेपालले भारतको अन्धकार हटाउन विद्युतको प्रकाश दिन सक्दछ भने। उनले अहिले नेपालको लोड सेडि· हटाउन भारतले दिदै आएको विद्युत दोब्बर बढाउने बताए भने १० वर्षपछि नेपालको बिजुलीले भारतको अन्धकार हटाउने उल्लेख गरे। उनले नेपालको बिजुली किनेर लैजाने कुरा पनि उल्लेख गरे।
४. उनले नेपालको पर्यटन प्रबर्द्धनमा पनि सल्लाह र सुझाव दिए। उनले आफ्नो देशका सवा अर्ब मानिस यस्ता छन् जो कुनै बेला पशुपतिमा आएर शिर झुकाउन चाहान्छन् र भगवान बुद्ध सामु आएर शान्तिको सन्देश लिन चाहन्छन् भन्दै नेपालको पर्यटनलाई त्यस रुपमा किन विकसीत नगर्ने प्रश्न अघि सारे।
५. उनले हर्बलमेडिसिन, आर्गानिक खेतीमा नेपालले विश्वमा उदाहरण पेश गर्न सक्छ भन्दै त्यस क्षेत्रमा आफ्नो तर्फबाट के-कस्तो सहयोग गर्नुपर्दछ त्यो गर्न आफू तैयार भएको पनि उल्लेख गरे। उनले नेपाललाई समृद्ध गर्ने विचार भएको बताउँदै हाइवेज, आइवेज र ट्रान्सवेजमा के-कसरी सहयोग पुर्याउन सकिन्छ, त्यो सोचिरहेको पनि उल्लेख गरे।
६. भारतका प्रधानमन्त्रीले युद्ध परित्याग गरी आएको एकीकृत माओवादीतिर इङगि गर्दै युद्ध छाडेर बुद्धको शरणमा गएका सम्राट अशोक जस्तै बन्न आग्रह गरे। एमाओवादी अध्यक्ष प्रचण्डलाई अरुले पनि यस्तो सुझाव नदिएका होइनन्। उनले पनि कहिले कोही त्यो कुरा महशुस गरे जस्तै गर्दछन्। तर पुरानो हृयाङ ओभरलाई उनले छाड्न सकेका छैनन्।
७. राजनीतिक भाषामा मोदी दक्षिणपन्थी हुन्। तर उनको भाषणको बेला भरी कसैले पनि उनलाई दक्षिणपन्थी भनेनन्। सबैले मुक्तकण्ठले प्रशंसा गरे। सधै राजनीतिक घोचपेच, दाउपेच हुने संविधान सभामा त्यस दिन विकासको भाषण कस्ता हुनु पर्दछ र कसरी अर्काको मन जित्नुपर्दछ भन्ने उनले प्रष्ट देखाए। उनले नेपाल र भारतबीच भएको शंका उपशंका आदि हटाउन सफल भएको देखियो। मोदीको भाषणलाई सबैले मन पराए। त्यही अनुसार अब काम भएमा नेपाल-भारतको सम्बन्धमा नयाँ आयाम थपिनेछ र सम्बन्ध अरु उचाईमा पुग्नेछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१