१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि नेपालमा विभिन्न कोणबाट तैयारी भइरहेका छन्। प्रधानमन्त्री मोदी यही १८ गते काठमाडौं आउने भएका छन्। उनको भ्रमणलाई के-कसरी उपलब्धिमूलक बनाउने त्यसमा सरकार र पार्टीा नेताहरूले कसरत गर्न थालेका छन्।
२. प्रधानमन्त्री मोदीको भ्रमणको तैयारीका लागि केही दिन पहिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन्। उनी नेपाल भारतको सन् १९५० को सन्धिलगायतका सन्धिहरू पुनरावलोकन गर्न तैयार भएपछि नेपाल-भारत सम्बन्धले नयाँ दिशा लिने अपेक्षा गरिएको छ।
३. सरकारमा बसेकाहरू प्रधानमन्त्री मोदीको स्वागतको लागि तैयार रहनु स्वाभाविक हो। तर नेकपा-माओवादी पनि मोदीको भ्रमणको विरुद्धमा नभएको अभिव्यक्ति पार्टीाट आएपछि त्यो एक उपलब्धि भएको देखिएको छ। विदेशमन्त्री स्वराज आउँदा समेत केही पार्टीरूले एक-दुर्इ ठाउँमा नारा जुलुस गरेका थिए।
४. सरकारले यो भ्रमणलाई अत्यधिक महत्त्व दिने अभ्रि्रायले राजकीय भ्रमणको स्तरमा पुर्याउने तैयारी गरिरहेको बुझ्नमा आएको छ। भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि यो भ्रमण हुन गएकोले यो भ्रमणलाई स्तरीय एवं उपलब्धिमूलक बनाउनुपर्दछ भन्ने यहाँ सबैको विचार रहेको छ।
५. भारतीय प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणका क्रममा नेपाललाई ठूलो सहयोगको घोषणा गरिने हल्लाले पनि यो भ्रमणप्रति नेपालीहरूको विशेष प्रतीक्षा रहेको छ। उनले आफ्नो सपथग्रहणकै बेलामा त्यहाँ पुगेका हाम्रा प्रधानमन्त्री सुशील कोइरालालाई त्यो सड्ढेत दिएका थिए।
६. हाम्रा नीति निर्माताहरू कुन क्षेत्रमा उनको सहयोग राख्न लगाउने भनी विचारविमर्श गरिरहेका छन्। धेरैले ठूलो जलविद्युत् परियोजना उपहारका रूपमा बनाउनु उपयुक्त हुने सड्ढेत गरेका छन्। यी पंक्ति लेखिँदासम्म त्यसको निक्यौर्ल भएको छैन। नेपालसँग त्यस्तो लागत स्टिमेट आदि तैयार भएको परियोजना पनि छैन।
७. भारतमा मोदी सरकार आएपछि छिमेकीसँगको सम्बन्ध सुधार्ने घोषणा गरिएको थियो। त्यसै अनुसार नेपाललाई प्राथमिकतामा राखेर यत्ति छिट्टै उनको भ्रमण हुने भएको छ। यो एक ठूलो कुरा हो। नेपालको लागि यो एक अवसर पनि हो। यस्तोमा नेपालले आफ्नो राष्ट्रिय हित हेरेर प्रष्ट कुरा राखेमा सकारात्मक परिणाम आउने अपेक्षा गर्न सकिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१