१. काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसको बिपी पुस्तकालयभित्र भएको खुकुरी प्रहार र आजगनीको घटनाले धेरैलाई स्तब्ध पारेको छ। दुर्इ जना विद्यार्थी बीचको विवादले एकले अकोर्लाई खुकुरी प्रहार गर्नु त्यसै पनि अराजक र आपराधिक कार्य हो। त्यसमा पनि पुस्तकालयमा आगजनी गर्नु गम्भीर अपराध हो।
२. विद्यार्थीहरू बीचको विवादले क्याम्पसमा तोडफोड हुने गर्दथ्यो। त्यस्तो धेरै ठाउँमा भएका छन्। तर पुस्तकालयमा आगजनी गर्ने कुरा कसलाई पनि सह्य हुँदैन। एकजना विद्यार्थीले आफ्नै क्याम्पसको पुस्तकालयमा आगो लगाउने भन्ने कुरा सोच्नै सकिँदैन। जुन सोच्न समेत सकिँदैनथ्यो, त्यो भएको छ।
३. आगलागीमा परेर सयौं किताब र थेसिस जलेर नष्ट भएको जनाइएको छ। आखिर त्यसले कसलाई नोक्सान गर्यो- विद्यार्थीले पुस्तकालय जलाउनु गम्भीर अपराध हो। अपराधीलाई उचित कार्वाही गर्नुपर्दछ। ताकी फेरि अरुले त्यस्तो अपराधको पुनरावृत्ति गर्ने धृष्टता नगरोस्।
४. यसअघि त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा पनि आगजनी भएको थियो। त्यसबेला त्यो कार्यको सर्वत्र निन्दा भएको थियो। त्यसबेलाको घटनाको अपराधीलाई उचित सजाय नदिएकोले आज फेरि त्यो कार्य दोहोरिएको हो कि ? सोच्नु पर्ने कुरा छ।
५. पुस्तकालय सरस्वतीको मन्दिर हो। त्यसमा पनि बिपी पुस्तकालय क्याम्पसभित्रकै पुस्तकालय हो, त्यसमा पनि बिपीको जन्म शताब्दी मनाउने तयारी भएको बेलामा उनकै नाममा स्थापित पुस्तकालयमा आगजनी गरिनुलाई अर्थपूर्ण मान्नुपर्दछ। बिपी जन्म शताब्दीको पूर्वसन्ध्यामा त्यहाँ त्यो घटना घटेको छ।
६. पुस्तकालयमा नितान्त नीजि कारणले खुकुरी प्रहार गरिएको छ भने त्यसैको रीसको झोकमा हजारौं किताब खरानी पारिएको छ। तर त्यस घटनाले राजनीतिक रंग धारण गर्न लागेको छ। काङ्ग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुको द्वन्द्वको रुपमा परिणत भएको छ।
७. खुकुरी हान्नेदेखि आगजनी गर्ने कार्यमा को-को संलग्न छै, तिनीहरूको खोजी हुनुपर्दछ। राजनीतिक रंग दिँदैमा यस्तो घटनालाई त्यसै छाड्नु हुँदैन। यो गम्भीर प्रकृतिको अपराध हो। अपराधीलाई त्यसै अनुसारको सजाय गर्नुपर्दछ। ताकी यस्तो घटना फेरि दोहोरिन नपाओस्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१